हेटौंडा – स्थानीय निर्वाचन मत गणना अन्तर्गत बकैया गाउँपालिकामा ५ सय मत गाणना भएको छ । गाउँपाललिका अध्यक्षमा वडा नम्बर १ को ५ सय मत गणनामा नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट कांग्रेसका अध्यक्षका उम्मेद्वार धर्मराज लामिछानेले २३२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
नेकपा एमालेबाट अध्यक्षको उम्मेद्वार सरला बोलखेले १ सय ४३ मत प्राप्त गर्नु भएको छ । यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेद्वार भक्त बहादुर खत्रीले २७१ मत प्राप्त गर्नुभएको छ । भने एमालेबाट उपाध्यक्ष उम्मेद्वार लालबहादुर स्याङ्तानले १४९ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा माओवादीका आशिश तितुङले २३०, एमालेका टेक बहादुर भोम्जनले १ सय ४८ र कांग्रेसका कामी सिं मुक्तानले ९७ मत प्राप्त गर्नुभएको छ ।