हेटाैंडा– मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित कैलाशका एक जना पक्राउ गरेको छ। गाँजा सहित पक्राउ पर्नेमा कैलाश गाउँपालिका ४ का २१ वर्षीया रवि प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी–७ मनहरी बजारमा संकास्पद अवस्थामा हिँडिरहेका उनलाई ४ किलो गाँजा सहित पक्राउ गरेको जनाइएको छ। गाँजा सहित पक्राउ परेका प्रजामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।