काठमाडौँ – सरकारले भोलि पुस १५ गते तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । पुस १५ गते तमु ल्होसार परेकाले देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आजको मन्त्रीपरिषद् बैठकले तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।