डा.संजीव कुमार ठाकुर
भेटेरिनरीअस्पताल तथा पशुसेवा विज्ञकेंद्र,महोत्तरी

दानवताका परकस्टामा रमाउने
चकलेट र मिठाईको लोभ दिखाई
यौन प्यास मिटाउने, हत्या गरी पाप लुकाउने
पापी बढ्दै छन यहाँ ।

सृष्टिमा पाइला टेक्न खोज्ने ति अबोधलाई
ललाइ फकाइ दुष्कर्म गर्दै मार्ने दानव बढ्दै छ यहाँ ।
ति पापिलाइ नरकमा पनी बास नदेउ प्रभु
मर्नु भन्दा अगाडि नै मरे तुल्य हुन यिनी ।
यस्तालाई जन्म दिने आमा पनी धिकार्दै छिन,
रूदै कराउदै आफ्नै कोखमा हिर्काउदै
भगवानलाई गुहार्दै छीन, किन दियौं यस्तो
पापीलाई जन्म, कोखमै मारे पनी हुन्थ्यो होला ।
आज थुप्रै आमा बच्चैमा मर्नबाट जोगिन्थ्यो होला ।।

जिंदगीको हरेक मोडमा संघर्ष छ यहाँ
बच्चा जन्मीनै त्यो पीड़ा र आनन्द छ जहाँ
मृत्युको पर्खाइमा हरेक मोडमा लडाई छ यहाँ
मानिस भन्दा पशु नै सामाजिक भै सके जहाँ
पशुले समेत गर्दैन जबरजस्ती र वलात्कार
मानिस किन यती तल झर्दैछन ।
अबोध बालिकालाई समेत दुष्कर्म गरी मार्दै छन
जन्मदिने आमालाई नै धुरु धुरु रुवाई बाध्य पार्दैछन ।

को भन्छ अहिले हामी ख़ुशी छौ
हात हातमा मोबाइल चलाउदैमा,
दुई चार दिन पुग्नलाग्ने ठाउँमा
घन्टै मा चिलगडी ले पूर्याउदैमा ।

बलात्कार लाई नै पेशा बनाई
मानवबाट दानव बन्दै छौ आज
जन्म दिने आमालाई नै धुरु धुरु रुवाई
सृष्टि मै किन प्रहार गर्न खोज्दै छौ आज ?