हेटौंडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल विचारमा अडिक रहन नसक्ने व्यक्तिव रहेको टिप्पणी गरेका छन् । शनिबार हेटौंडामा भएको एमाले निकट नेपाल खेलकुद महासंघ,बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बास्कोटाले प्रचण्ड र नेपाल रंग बदल्न अग्रसर रहने व्यक्तिव रहेका बताउँदै छेपारो पनि रंग फेर्ने प्रतियोगितामा प्रचण्ड र माधव संग हारेको बताए । उनले अधिवेशन सहभागि कार्यकर्ताहरुलाई अब प्रचण्ड र नेपाललाई के पुरस्कार दिने भनेर प्रश्न समेत गरे ।
‘एमालेको छातिमा छुरी रोपेर अहिले मन्त्री खान गएका एक दुई जनाले भनेको सुनियो,एमालेलाई टर्च बालेर खोज्नु पर्छ । के टर्च बालेर खोज्नु तिमिहरुलाई अब हामी म्युजियममा पठाईदिन्छौ । तिम्रो नेपाली समाजमा कुनै हैसियत छैन् । म्युजियममा समाजवादी । उनले भने,यति रंग फेरे,यति रंग फेरे । यो पाँच सात महिनामा । छेपारो पनि माधव नेपालसित हारेर मैदान छोड्यो । पुष्पकमलसित हारेर मैदान छोड्यो । रंग फेर्ने प्रतियोगितामा माधव नेपाल र पुष्पकमल दाहालसित छेपारो हार्यो । पुरस्कार के दिने ? छेपारोलाई के पुरस्कार दिने,रंग फेर्न प्रतियोगितामा जिते,के पुरस्कार दिने ? नेपाली पोलिटिक्सबाट कोल्याप्स रिटाएर । त्यही एउटै प्रमाण पत्र दिने कहिले ? बैशाख ३० गते स्थानीय तहमा । त्यसपछि आम निर्वाचनमा ।’
नेता बास्कोटाले जनादेशको सरकारलाई सर्वोच्चो अदालतका ५ जना न्यायधिशले परमादेश मार्फत हटाउने काम गरेको बताए । उनले एकलाई परमादेश सरकारले हटाएको र ४ जनालाई के गर्ने भन्ने विषयमा आफुहरुको हातमा रहेको बताए । उनले ४ जनालाई एमालले समय आएपछि ठेगान लगाउने समेत बताए । उनले माओवादी अध्यक्ष प्रचण्ड जता गयो त्यही बिगार्ने काम गर्ने मात्र गरेको बताए । उनले एमसीसीको विषयमा पनि प्रचण्डले एमसीसी पास गराउन हस्ताक्षर गरेर चिठी पठाएको तर एमसीसीको विपक्षमा उठेर अहिले संसद र सडक तताउने काम गरेको बताए ।
Home प्रदेश बागमती प्रदेश हेटौंडामा एमाले कार्यकर्तालाई गोकुलको प्रश्नः रंग फेर्ने प्रतियोगितामा प्रचण्ड र माधव संग...











