हेटौंडा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले जनादेशको सरकारलाई सर्वोच्चो अदालतका ५ जना न्यायधिशले परमादेश मार्फत हटाउने काम गरेको बताउनु भएको छ । उहाँले अदालतबाट कर्मचारीले सरकार चलाउन खोजेको आरोप लगाउनु भएको छ । हेटौंडामा भएको एमाले निकट नेपाल खेलकुद महासंघ, बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता बास्कोटाले निलम्बनमा परेका प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जवराप्रति लक्षित गर्दै भन्नुभयो–‘अदालतबाट सरकार चलाउन खोज्ने मध्यका एक कर्मचारीत ठिक परिहाले अब बाँकी चारजना कर्मचारीलाई पनि समय आएपछी ठिक पाछौं ।’

अहिलेनै उनीहरुले एमालेलाई नराम्रो गरिहाले भन्दैमा जाइ नलागेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड र माधब नेपाल रंग बदल्न अग्रसर रहने व्यक्तिव रहेका बताउँदै छेपारो पनि रंग फेर्ने प्रतियोगितामा प्रचण्ड र माधव संग हारेको बताउनुभयो । अधिवेशन सहभागि कार्यकर्ताहरुलाई अब प्रचण्ड र नेपाललाई के पुरस्कार दिने भनेर प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभो–‘एमालेको छातिमा छुरी रोपेर अहिले मन्त्री खान गएका एक दुई जनाले भनेको सुनियो, एमालेलाई टर्च बालेर खोज्नु पर्छ । के टर्च बालेर खोज्नु तिमिहरुलाई अब हामी म्युजियममा पठाईदिन्छौ । तिम्रो नेपाली समाजमा कुनै हैसियत छैन् । म्युजियममा समाजवादी ।’

उहाँले माओबादी र समाजबादीलाई लक्षित गरेर भन्नुभयो–‘यति रंग फेरे, यति रंग फेरे । यो पाँच सात महिनामा । छेपारो पनि माधव नेपालसित हारेर मैदान छोड्यो । पुष्पकमलसित हारेर मैदान छोड्यो । रंग फेर्ने प्रतियोगितामा माधव नेपाल र पुष्पकमल दाहालसित छेपारो हार्यो । पुरस्कार के दिने ? छेपारोलाई के पुरस्कार दिने, रंग फेर्न प्रतियोगितामा जिते, के पुरस्कार दिने ? नेपाली पोलिटिक्सबाट कोल्याप्स रिटाएर । त्यही एउटै प्रमाण पत्र दिने कहिले ? बैशाख ३० गते स्थानीय तहमा । त्यसपछि आम निर्वाचनमा ।’

उहाँले माओवादी अध्यक्ष प्रचण्ड जता गयो त्यही बिगार्ने काम गर्ने मात्र गरेको बताउनुभयो । उहाँले एमसीसीको विषयमा पनि प्रचण्डले एमसीसी पास गराउन हस्ताक्षर गरेर चिठी पठाएको तर एमसीसीको विपक्षमा उठेर अहिले संसद र सडक तताउने काम गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजनीतिक दलहरुले खेलकुदलाई बहसको रुपमा अगाडी सार्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमाले अहिले कमजोर नरहेको र अब पनि पहिलेको भन्दा धेरै बलियो भएकाले अबको निर्वाचनमा एमालेको भुमिका अझै ससक्त हुने बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा खेलकुद महासंघका पूर्व अध्यष रमेश पौडेल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।