१९ बैशाख,मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले नयाँ पुस्तामा मानवीय सेवाको भावना विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रय स्थलको अवलोकन भ्रमणका क्रममा उहाँले मानव जीवनको उत्कृष्ट सेवा नै मानव सेवा भएको हुँदा यसलाई नयाँ पुस्तामा पु¥याउन जरुरी रहेको बताउनुभएको हो ।


मदन भण्डारी फाउन्डेसन मकवानपुरको भोली हुने साधारणसभामा प्रमुख अतिथीका रुपमा हेटौंडा आनुभएका उहाँले शुक्रबार दिव्यसेवा निकेतनको भ्रमण गर्नुभएको हो । सो क्रममा उहाँले मानव जिवनमा आउने प्रक्रिया मध्ये सबैले एकपटक यस्तो अवस्थाबाट गुज्रनुपर्ने भन्दै यस्तो अवस्थामा परिवारको महत्व बढी हुने बताउनुभयो । तर, कतिपय अवस्थामा यस्ता आश्रय स्थलहरु आवश्यक पर्ने भन्दै उहाँले सरकारी र गैरसरकारी निकायबाट यसलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले यस विषयमा काम गरेको भएपनि सरकारको सबै क्षेत्रमा ध्यान नपुगेको हुनसक्ने भन्दै सरकारले गर्ने काम निजि क्षेत्र, गैरसरकारी क्षेत्रबाट हुनु राम्रो भएको बताउनुभयो । उहाँले गैरसरकारी निकायका तर्फबाट भएका यस्ता कामका लागि धन्यवाद दिनुहुँदै यसको निरन्तरताको कामना गर्दै नयाँ पुस्तामा पनि यस्तो भावना विकास गर्न जरुरी रहेको औल्याउनुभयो ।This image has an empty alt attribute; its file name is image-6.png
पूर्वराष्ट्रपति भण्डारीले कतिपय देशमा छोराछोरीले समय दिन नसक्दा बृद्धबृद्धालाई हेरचाह गर्नका लागि एआइको माध्यमबाट यस्तो सेवा प्रदान भइरहेको भन्दै नेपालमा भने यस्तो हुन नहुने बताउनुभयो । उहाँले सकेसम्म आश्रय स्थलहरु स्थापना नै हुननहुने भन्दै बृद्धबृद्धाहरुको घरमा नै व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले हिजोको पारिवारिक प्रणाली टुटेकै कारण अहिले आमाबाबुलाई हेरचाह गर्ने जनशक्ति नै अभाव भईरहेको भन्दै यस्ता आश्रय यस्थलको आवस्यकता पर्छ तर, पहिलो प्राथमिकता घर हुनुपर्ने बताउनुभयो । उहाँले बृद्धबृद्धाको हेरचाह र व्यवस्थापनका लागि हिजोको सामुहिक पारिवारिक प्रणाली नै ठिक भन्दै सामुहिक पारिवार हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जेष्ठ नागरिकका क्षेत्रमा स्थानीय तहहरुले विशेष काम गर्नुपर्ने समेत बताउनुभयो ।