मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षय कोष नेपालले जिल्लामा यसै वर्ष देखि छात्रबृति वितरण गर्ने भएको छ । कोषको अघिल्लो महिना सम्पन्न साधारण सभाको समिक्षा गर्ने सन्दर्भमा सोमबार बसेको बैठकले यसै वर्षबाट छात्रबृति वितरण गर्ने निर्णय गरेको हो ।

अक्षय कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले यथा सक्य छिटो सुचना प्रकासन गरेर प्रत्येक पालिकाबाट एक जनाका दरले १० जनालाई छात्रबृति उपलब्ध गराउने निर्णय गरेको हो । अक्षयकोषको छात्रबृती कार्यविधिको मापदण्डमा रहेर कक्षा ९ देखि १२ सम्म अध्यन गर्ने एक जनालाई छात्रबृती उपलब्ध गारउने निर्णय गरेको कोषका अध्यक्ष खुलालले जानकारी दिनुभयो ।
त्यस्तै आजको बैठकले साधारण सभाको समिक्षा गर्नुका साथै, साधारण सभामा भएको खर्च अनुमोदन गर्ने तथा कोषमा सदस्यता बृद्धिका लागि सकृयता बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा कोषका उपाध्यक्ष ईन्दिरा न्योपाने, सचिव बद्री पाठक, कोषध्यक्ष रामकृष्ण थापा, सदस्यहरु मुकुन्द न्यौपाने, आशाकाजी श्रेष्ठ, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको उपस्थित् िथियो ।