मकवानपुर– मकवानपुरमा आगामी फागुन २४ गते अर्थात मार्च ८ तारिखका दिन मनाईने अन्तराष्ट्रिय महिला दिवशको सम्पूर्ण तयारी पुरा भएको छ । दिवश मनाउने सन्र्दभमा सोमबार हेटौंडामा बसेको पुर्व तयारी बैठकले विभिन्न कार्यक्रम गरेर भव्य रुपमा दिवश मनाउने तयारी भएकाे जनाएकाे छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा दिवशका सन्दर्भमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले तय गरेका कार्यक्रमका बारेका जानकारी दिनुका साथै विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । यसअघिको बैठकले महिला दिवश मनाउने सन्दर्भमा जिसस उपप्रमुख भगवती पुडासैनीको संयोजक्त्वमा मुल आयोजक समिति गठन गरिसकेको छ ।

दिवशका अवसरमा हेटौंडा उपमाहानगरपालिकाले नगर स्तरीय महिला जागरण समुह घोषणा गर्ने तथा श्रमिक महिला सम्मान कार्यक्रम गर्ने, बकैया गाउँपािलकाले लोलदोहोरी प्रतियोगिता आयोजना गर्ने, आँचल साहित्यले फागुन २२ गते संस्थाको वार्षिकोत्सव कार्यक्रम, श्रष्टा सम्मान एवम् कवि गोष्टि गर्ने, महिला संजालले ५० जना विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग तथा अन्य कार्यक्रम गर्ने, श्रृजनशिल नेपाललले २७ वटा बालकल्बलार्य खेलकुद सामग्री वितरण र वडा स्तरीय अन्तरकृया कार्यक्रम गर्ने, श्रृजना मञ्जुश्री असहाय केन्द्रले सडक नाटक प्रर्दशन गर्ने यस अघिनै निर्णय भईसकेको छ ।
आजको बैठकमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी २३ गते अन्तरकृया कार्यक्रम गर्ने, २३ गते र २४ गते सुस्मिता चोक र बुद्ध चोकमा सञ्जालको व्यवस्थापनमा सडक नाटक र गीती नाटक प्रस्तुत गर्ने, २१ गते अन्तरकृया कार्यक्रम गर्ने तथा मुल आयोजक समितिले मुख्य दिन फागुन २४ गते बिहान ७ः३० बजे भुटनदेवी माविको खेल मैदानबाट बुद्ध चोक सम्म ¥याली सहति कोणसभाको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले महिला दिवश मनाउने सन्दर्भमा हेटाैंडा उपमहानगरपालिकालाइ उपसंयाेजक राख्ने निर्णय समेत गरेकाे छ । बैठकमा विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।