मकवानपुर । बागमती प्रदेश अन्तर्गत आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान ३ बजे सक्किएसँगै ४ बजेर १० मिनेटबाट मतगणना कार्य सुरु भएको हाे ।
आज भएको निर्वाचनको मतदानमा १०८ प्रदेशसभा सदस्य तथा २३४ जनप्रतिनिधिले गरी कुल ३४२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयाे । प्रदेशसभा तर्फ २ जना र स्थानीय तहतर्फ ३ जना प्रतिनिधिको मतदान प्रक्रियामा सहभागी नजनाउनु भएको सञ्जेलले जानकारी दिनुभयाे ।
बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी ४ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका ४ जना,नेकपा एमालेको तर्फबाट ४ जना र नेपाल मजदुर किसान पार्टीबाट ४जना र राप्रपाका ३ जना गरी १५ जनाले मनोनयन दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन नेतृत्व दल कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दर्ता गरेका छन् । यस्तै माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराउनु भएकाे छ ।
त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराउनु भएकाे छ । एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माकाे मनोनयन दर्ता छ । यस्तै राप्रपाका ३ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएकाे छ । राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता÷अल्पसंख्यकबाट भरतमणि भट्ट र दलितमा पूर्णबहादुर बिश्वकर्माको उमेर नपुगेको कारण मनोनयन दर्ता खारेज भएको थियो । यस्तै नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले चुनावी मैदानमा हुनु हुन्छ ।