मकवानपुर– कर्मचारी मिलन केन्द्र मकवानपुरले सरुवा भई जान लाग्नुभएका मकवानपुरका प्रहरी नायब उपरिक्षक (डिएसपी) ईन्द्र बहादुर रानालाई विदाई गरेको छ । मकवानपुरबाट सरुवा भई चितवन जान लाग्नुभएका प्रहरी नायब उपरिक्षक रानालाई सोमबार एक कार्यक्रमकाबीच विदाई गरिएको हो ।

उहाँलाई जिल्ला समन्वय समति मकवानपुरका प्रमुख रघुनाथ खुलालले खादा लगाएर, मायाको चिनोसहित विदाई गर्नुभएकोे हो । सो अवसरमा उहाँले आगामी कार्यकालको शुभकामना दिनुका साथै मकवानपुरमा रहेर काम गर्दा पु¥याउनु भएको योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कमृचारी मिलन केन्द्रका अध्यक्ष बद्री बहाद्र पाठक, पूर्व अध्यक्ष रामकृष्ण थापा, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको उपस्थिती थियो ।