मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाको आठौं गाउँसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले दुईवटा विधेयक पारित गरेको छ । गाउँसभामा चालु आवमा हालसम्मका गाउँपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुका साथै विनियोजन ऐन, २०७७ पहिलो संशोधन विधेयक र आर्थिक ऐन, २०७७ पहिलो संशोधन विधेयक पारित भएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
