भारत एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल नै नपुगी बाहिरिएको छ । न्युजिल्यान्डमा आज आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै भारत अन्तिम चारमा पनि नपुगिकनै बाहिरियो । आज भारतको हारले वेस्ट इन्डिज भने सेमिफाइलनमा पुगेको छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका हुन् ।
आज भारतले दिएको एक सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । उसका लागि लाउरा उलवार्टेले ८० र मिगनन डु प्रेजले नटआउट ५२ रन बनाए । बलिङतर्फ भारतका राजेश्वरी गायकवड र हर्मनप्रित कौरले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको ७१, मिथल राजको ६८ र सफाली वर्माको ५३ रन मद्दतमा दुई सय ७४ रन बनाएको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका शबनिम इस्मेल र मसावता क्लासले दुई–दुई विकेट लिए । अब पहिलो सेमिफाइलनमा आउँदो बुधवार अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बिहीवार दक्षिण अफ्रिका र इङ्ल्यान्ड खेल्नेछन् ।