मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार ७१ औं प्रजातन्त्र दिवश भव्य कार्यक्रमको आयोजना गरेर मनाईएको छ । प्रदेश स्तरीय मुल समारोह समितिको आयोजनामा शुक्रबार प्रभातफेरी, झण्डात्तोलनसहित सभाको आयोजना गरि बेलुन उडाउनुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेर दिवश मनाईएको हो ।

दिवशका अवसरमा शुक्रबार हेटौंडा–४ स्थित भुटनदेवी माविको प्रङ्गणबाट प्रभातफेरी सहित बजारका विभिन्न भागको परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री एवम् मुल समारोह समितिका संयोजक डोरमणि पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमु आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा नेपाली सेनाद्धारा सलामी अर्पण, बेलुन उडाउनुका साथै दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा बिजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायले आफ्नो झाँकी समेत प्रर्दशन गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख प्रसाईसहित मुख्यमन्त्री पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, काँग्रेस बागमती प्रदेश संसदियदलका नेता ईन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रदेश मन्त्रालयका सचिव, विद्यालयका विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
फोटो– फिचर