आज देशभर ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभर ३ हजार ५ सय ४१ वटा नमुनाको परीक्षण गर्दा ५४ पुरुष र ४२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ ।यस्तै कोरोना सङ्क्रमणबाट आज १ सय ११ जना निको भएका छन् । यो सँगै हालसम्म निको हुनेको सङ्ख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।तथ्याङ्क अनुसार हालसम्म ९८ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छन् ।देशभरका १ हजार ६ सय ३ सक्रिय संक्रमित मध्ये ६१ जनाको आइसियु र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।