मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाले प्रदेश स्तरमा मनाईने प्रजातन्त्र दिवशको कार्यक्रममा सहभागि हुन आव्हान गर्नुभएको छ । प्रदेश स्तरीय ७१ औं प्रजातन्त्र दिवश मुल समारोह समितिका सदस्य खुलालले शुक्रबार हुने मुख्य कार्यक्रममा सहभागि हुन आव्हान गर्नुभएको हो ।
प्रदेश स्तरमा ६, ७ र ८ गते तीन दिन भव्य रुपमा मनाई कार्यक्रम अनुसार ७ गते शुक्रबार हुने प्रधात फेरी तथा सभाको कार्यक्रममा सहभागि हुन उहाँले सम्पूर्णलाई आव्हान गर्नुभएको छ । प्रजातन्त्र दिवशको अवसरमा भाेलि शुक्रबार हेटौंडाको भुटनदेवी माविको प्राङ्गणबाट बिहान ७ः३० बजे ¥याली सुरुभई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर सभामा परिणत हुने कर्यक्रम रहेको उहाँले बताउनुभयो । कार्यक्रममा दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरणको समेत कार्यक्रम रहेको उहाँले बताउनुभयो । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।