मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा भुमि सम्बन्धी समस्या समाधनका लागि विवरण र तथ्याङ्क संकलनकालागि एक दिने अभिमुखिकरण कार्यक्रम सोमबार भएको छ । भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरिरहेकाहरुको व्यवस्थापन तथा समस्या समाधनकका सम्बन्धमा विवरण र तथ्याङ्क संकलनकालागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशव देवकोटाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथी देवकोटाले कार्यक्रमको ढाँचा तथा तथ्याङ्क संकलकले गर्ने कामका विषयमा वडा अध्यक्षहरु, कार्यपालिका दस्यस्य तथा तथ्याङ संकलकहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले सुकुम्बासी आयोगले तथ्याङ्क संकलन गरी भुमिहिन तथा सुकुम्बासीलाइ उचीत राहत दिने बताउनुभयो । तर तथ्याङक संकलन गर्दा सत्य तथ्य र त्रुटीरहित हुनु पर्नेमा जोड दिनुभयो । उहाँले तथ्याङ्क संकलन गर्ने कार्यलाइ तिब्रता दिन आग्रह गर्दै सहि सुचना उपलब्ध गराई आयोगलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज गाउँपालिकामा थुप्रै भुमि सम्बन्धी समस्या रहेको र अब यूको समाधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भोलीबाट नै प्रत्येक वडामा तथ्याङ्क संकलकहरु खटाईने समेत बताउनुभएयाे । उहाँले तथ्याङ्क संकलनको कार्य यथाशीग्र सम्पन्न गर्ने र जनतालाई राहत दिने काममा गाउँपािलकाका तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै वास्तविक तथ्याङ्क संकलन गर्न तथ्याङक संकलकहरुलाइ अनुरोध समेत गर्नुभयो । भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको विवरण र तथ्याङ्क संकलनइकार्ईद्धारा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, सम्पुर्ण वडाका वडाध्यक्ष, वडासचिव ,तथ्याङ्क संकलक लगायतको उपस्थीती रहेको थियो ।