संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरूको नामावली सार्वजनिक भएको छ । सबैभन्दा लामो समय बिदा बस्ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्म बिदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।
सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरूको नामावली प्रस्तुत गरेका हुन् । धेरै गयल हुने सांसदहरूमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गङ्गा चौधरी, धर्मशिला चापागाईँ, रघुवीर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् । यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरूको सूचीमा परेका छन् ।
सूची: