मकवानपुर– मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले दिनुभएको जानकारी अनुसार १ सय ५४ जनाको पीसीआर र ३१ जनाको एन्टीजीन विधिबाट गरिएको परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मनहरी गाउँपालिकाका १२ जना, थाहा नगरपालिकाका ११ जना, कैलाश गाउँपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मकवानपुरमा थप २ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा हेटौंडा ७ का ८७ वर्षीय र हेटौंडा ४ का ६० वर्षीय पुरुष रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालको कोभिड कक्षमा मृत्यु भएको प्रमुख उपाध्यायले वताउनुभयो । योसंगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको सख्या ५१ जना पुगेको उहाँले वताउनुभयो ।