इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो।
गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ स्थानमा छ।