मकवानपुर– मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) का सन्र्दभमा नेपाल सरकारले गरेका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने निर्णय भएको छ । आईतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गत बैषाख २४ गते नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा बसेको बैठकले सरकारकाे निर्णयकाे प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अनुगमन समिति गठन गरिएकाे छ । बैठकले जिल्लामा कृषि उपज, उद्योग, स्वास्थ्य सेवा, निकासी÷ढुवानी, आयोजना संचालनलगायत सरकारले संचालन गर्ने भनि गरेका क्षेत्रहरुका विषयमा व्यवस्थित रुपमा संचालन गर्ने तथा सरकारका निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्न समित गठन गरेकाे हाे । बिशेष गरि कोरोना प्रभावित जिल्लाको नजिकको जिल्ला भएकाले त्यस्ता कार्यहरु गर्दा स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदहरू पुरा गरेर मात्र संचालन गर्नुपर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकले कृषि तथा पशुजन्य कार्य संचालन गर्ने सन्र्दभमा हरेक स्थानीय तहले कृषि प्राविधिकसहितको अनुगमन समिति गठन गर्ने, स्वास्थ्य क्षेत्रको कृयाकलापका सन्र्दभमा स्वास्थ्य संजोजकको नेतृत्वमा अनुगमन समिति गठन गरेर प्रभावकारी अनुगमन गर्ने र त्यसको जानकारी जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै समग्र जिल्लाको स्वास्थ्य सम्बन्धी अनुगमन भने जिल्ला स्वास्थ्य कार्यालयले गर्ने र त्यसको जानकारी जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाका उद्योग प्रतिष्ठान तथा आयोजनालगायत विकास निर्माणका कार्यहरु संचालन गर्दा बाहिरका कामदार ल्याउन नपाईने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै त्यस्ता कार्यमा जिल्ला भित्र वा बाहिर प्रयोग हुने ढुवानीका सवारीसाधनको उद्योगले उदगम स्थलमै निशंक्रमण गरेको निश्सा जारी गर्नुपर्ने र प्रहरीले हरेक नाकामा त्यस्तो निश्साको कडाईका साथ जाँच गर्नुपर्ने निर्णय गरेको छ । बाहिरबाट मकवानपुर प्रवेश गर्ने सवारी साधनहरुको निशंक्रमण गरेको निश्सा नपाईएमा नाकाबाटै फिर्ता पठाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला भित्रका उद्योगहरुमा स्वास्थ्य सम्बन्धी सावधानीका उपायहरु अबलम्बन गरे÷नगरेको सम्बन्धमा घरेलु तथा साना उद्योग कार्यालयले नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।
त्यस्तै निजि आवास निर्माणका लागि स्थानीय तहका प्रमुख वा प्रमुख प्रशासकिय अधिकृतको सिफारीसमा सामग्री ल्याउन पाईने साथै त्यस्ता कार्यमा जिल्ला बाहिरका कामदार लगाउन नपाईने तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेको हुनु पर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । जिल्लामा संचालन हुने आयोजनाहरुमा मापदण्ड पुरा गरे÷नगरेको सन्र्दभमा आयोजनाका प्रतिनिधिसहितको अनुगमन समिति गठन गरेर जिल्ला समन्वय समितिले समग्र अनुगमन गर्ने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाको अन्य समग्र कार्यहरुको संचालनमा सरकारको निर्णय कार्यान्वयन गर्ने÷गराउने सन्र्दभमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिससका अधिकृत, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, स्वास्थ्य कार्यालय, हेटौंडा औद्योगिक क्षेत्रका अधिकृत प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सदस्य सचिव रहने अनुगमन समिति गठन गरेर प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सम्पुर्ण कार्यहरु संचालन गर्दा स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर संचालन गर्न बैठकले आव्हान समेत गरेको छ ।