मकवानपुर– मकवानपुर प्रहरीले ८० केजी गाँजासहित एकजना महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गाँजासहित मनहरी गाउँपालिका–६ की फूलमाया तामाङलाइ नियन्त्रणमा लिएकाे हाे ।

घरमा गाँजा लुकाइ राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा बोरामा पोका बनाइराखेको गाँजा बरामद भएको जनाइएको छ । पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयाे ।