काठमाडौँ – नेपालमा आज थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ९ हजार ९१ नमुना परिक्षण गर्दा ४ सय ३७ मा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ लाख ४८ हजार ७ सय ८४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर १४ हजार ४ सय ३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमितमध्ये दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ ।