सांकेतिक तस्विर

हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा चट्याङ लागेर १६ जना घाइते भएका छन् । शनिबार साँझ हावाहुरीसहित परेको चट्याङ लागेर कैलाश–६ राउतेका १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभएकाे छ । घाइतेहरुको अवस्था सामान्य रहेको उहाँको भनाई छ । प्रहरी घटनास्थल पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयाे ।

प्रष्टखबरबाट