हेटौंडा– नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आज आफ्नो स्थापना दिवश तथा ४१ औं शिक्षक दिवस मनाएको छ । विश्वभर कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिएको अवस्थामा संगठनले यो वर्षको शिक्षक दिवस फरक तरिकाले मनाएको हो ।
संगठनले “कोरोनाविरुद्धको सामुहिक अभियान पेशागत सुरक्षा र सामूहिक ऐक्यवद्धता संगठनको पहिचान” भन्ने सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट प्रेषित गर्दै दिवस मनाएको हो । जिल्ला अध्यक्ष श्रीराम दाहाल र सचिव पुरुषेत्तम आर्यायद्वारा जारी शुभकामना कार्डमा कोरोना विरुद्धको सन्देश र ४१ औं शिक्षक दिवशमा पेशागत सुरक्षाका बारेमा सन्देस लेखेर सञ्चार माध्यमबाट प्रेषित गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।
शिक्षकको पेशागत संस्थामध्ये सबैभन्दा जेठो संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन २०३६ सालमा मकवानपुरको भुटनदेबी माविबाट उदय भई देशकै अग्रणी संस्थाको रुपमा स्थापित भएको संस्था हो । संदेस मार्फत देशको विषम परिस्थितीमा संगठनले सरकारको लकडाउनलाई पूर्णरुपमा परिपालना गर्दै सम्पूर्ण शैक्षिक सरोकारवाला र संगठनमा आवद्ध सबैलाई कोरोना विरुद्ध लड्न आग्रह समेत गरेको छ । शिक्षा क्षेत्र पनि यसबाट प्रभावित बनेकोमा क्षतिको आँकलन गरि त्यसको बैकल्पिक उपाय खोजि गर्न पनि संगठन लागिपर्ने अध्यक्ष दाहालले प्रतिवद्धता ब्यक्त गर्नुभएको सचिव पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।