file photo

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ । यो खेल जुन ९ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा, जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।