हेटौंडा – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगले हिजो बेलुकी उपलब्ध गराएको तथ्याँकअनुसार विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपमेयरमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको आयोगले जनाएको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा ९एमाले० बाट परेको छ । आयोगकाअनुसार एमालेबाट मेयरमा २८८ र अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा १ हजार ३७६ र अध्यक्षमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।