हेटौंडा । हेटौंडामा आजबाट २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम सुरु भएको छ । नेकपा एमाले निकट विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको आयोजनामा उक्त तालिम सुरु भएको हो ।
विभिन्न कारण उत्पन्न हुन सक्ने विपद्बाट आम नागरीकलाई जोगाउनका लागी नेकपा एमाले निकट जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने हुँदा तालिम आवाश्यकता रहेकोले सो कार्यक्रम आयोजना गरीएको हो ।
पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरीएको तालिम कार्यक्रमको उद्घाटन गर्दै एमाले पोलिट्व्युरो सदस्य तथा मकवानपुर ईन्चार्ज देवि ज्ञवालीले बताउनु भयो । अव एमाले मकवानपुरले आम नागरीकको समस्यासँग जोडीएर काम गर्ने बताउनु भयो ।
नेकपा एमाले जनतासँग जोडीएर काम गरीरहेको र अझ यसलाई व्यापक बनाउदै जनताको सारथी बन्ने काममा लाग्नु पर्नेमा उहाँको जोड थियो । यस्तै विपदमा परेका व्यक्तिलाई राहत उद्धार मात्र नभएर तत्कालै प्राथमीक उपचारको लागी जनवर्गीय संगठनहरु तयार हुनु नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनु भयो ।
तालिम कार्यक्रमलाई निकट भविष्यमा नै मकवानपुरका सबै स्थानीय तह सम्म लगिने आयोजकले जनाएको छ । कार्यक्रममा नेकपा एमाले निकट सम्पुर्ण जनवर्गिय संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको छ । नेकपा एमाले निकट विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागका प्रमुख शिबहरी दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।