हेटौंडा – नेकपा एमालेका नेता एवम् बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको सत्तागठबन्धन सरकारले कुनै पनि विकास निर्माणको कामहरु गर्न नसक्ने टिप्पणी गर्नुभयाे । अदालती सरकारले भागबण्डाकाे राजनीति गरेकाे भन्दै यसबाट कुनै प्रकारकाे विकासकाे अपेक्षा नरहेकाे बताउनुभयाे ।
नेकपा एमाले मकवानपुरको ११ औं जिल्ला अधिवेशनलाई सम्मबोधन गर्दै पुर्व मुख्यमन्त्री पौडेलले नयाँ सरकार बनेको ५ महिना बित्दा पनि कुनै पनि विकासका कामहरुलाई अघि बढाउन नसकेको भन्दै सत्ता गठबन्धन सरकारले काम गर्छ भन्ने अपेक्षा नरहेको बताउनुभयाे । उहाँले आफु मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा विकास निर्माणका कामहरु भएको बताउनुभयाे । उहाँले अहिलेकाे गठबन्धन सरकारले भइरहेका विकासका याेजनालाइ पनि राेकेर जनताकाे भराेषा र विश्वासलाइ ध्वस्त बनाएकाे बताउनुभयाे । उहाँले तीन तहको निर्वाचन आउँदै गरेको बताउँदै निर्वाचनको लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयाे ।











