मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट जारी पहिलो सस्करणको विजय युथ हेटौडा गोल्डकपमा आज दुई खेल हुँदै छ । हेटौडाको वनविज्ञान संस्थान फरेष्ट्री क्याम्पसको खेलमैदानमा जारी प्रतियोगितामा आज पहिलो खेल दिउँसो १ बजे बिरगंज युनाईटेड र हर्दि यवा समाजबिच र दोस्रो खेल दिउँसो साढे २ बजे बिरगंज युथ एकेडेमी र दुधौली स्पोर्टस क्लब सिन्धुलीबीच हुनेछ ।
यस अघि शुक्रबार उद्घाटन खेलमा सेन्ट्रल कलेज बिएफसी भरतपुर विजयी भएको छ । उद्घाटन खेलमा भरतपुरले घरेलु टोली मकवानपुर–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब भरतपुरले माघ १८ गते एफसी रियाले काठमाडौंको सामना गर्नेछ । एफसी भरतपुरलाई जित दिलाउनका लागि विदेशी खेलाडी जोन ग्लोरी र रञ्जित आले मगरले एकएक गोल गरेका थिए । मकवानपुरका तर्फबाट ऋषि लामाले शान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् ।
माघ २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट घोषित हुने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।