मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार (आज) बाट सुरु भएको भिडोल विजय यूथ हेटौंडा गोल्डकपको उद्घाटन खेलमा सेन्ट्रल कलेज बीएफसी भरतपुरले विजयी सुरुवात गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको खेलमा मकवानपुर– ११ लाई पराजित गर्दै भरतपुरले विजयी सुरुवात गरेको हो ।

विजय युथ क्लबको आयोनजामा भएको उद्घाटन खेलमा मकवानपुर ११ लाई सेन्ट्रल कलेज विएसी भरतपुरले २–१ गेल अन्तरले परजित गरेको हो । खेलको पहिलो हाफको ५औं मिनेटमा भरतपुरकालागि विदेशी खेलाडी जोल ग्लोरीले पहिलो गोल गरेका थिए । खेलको १२औं मिनेटमा मकवानपुर–११ का रन्जित आलेमगरले गोल फर्काएर प्रतियोगिता बराबरीमा पर्काएपनि ३२औं मिनेटमा ऋषि मोक्तानले गोल गर्दै भरतपुरलाई विजयी बनाएका थिए ।
आजको खेलको म्यान अफ द म्याच मकवानपुर–११ का गोलकर्ता रन्जित आलेमगर घोषित भएका थिए । प्रतियोगितामा भोली शनिबार दुई खेल हुनेछ । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्तीबीच हुनेछ भने दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको फाईनल खेल माघ २३ गते शुक्रबार हुने छ ।