हेटौंडा – स्थानीय तहको निर्वाचन माग गर्दै मकवानपुरका क्याम्पसहरुमा विद्यार्थीहरुले कालो ब्यानर’ टाँगेका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले स्थानीय तहको निर्वाचनको माग गर्दै “कालो ब्यानर” टाँगेका हुन् ।

May be an image of 15 people, people standing and outdoors

अनेरास्ववियुले मकवानपुर बहुमुखि क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान तथा निर्मल बहुमुखी क्याम्पसको गेटमा “स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर ।” लेखिएको कालो ब्यानर टागेका हुन् । यसअघि आजै,अनेरास्ववियु मकवानपुरले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सार्ने तयारी गरिरहेको अवस्थामा देशभर विरोध प्रदर्शनको कार्यक्रमहरु भईरहेको छ ।