मकवानपुर– जिल्ला खेलकुद विकास समिति मकवानपुरका नवनियुक्त अध्यक्ष सानु लामाले आज पदभार ग्रहण गर्नुभएको छ । जिल्ला खेलकुद विकास समितिको परिषरमा आज एक कार्यक्रमका बिच लामाले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै अध्यक्ष लामाले प्राप्त जिम्मेवारीलाई गम्भिरताका साथमा पालाना गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । लामालाई गत माघ ७ गते वागमती प्रदेश खेलकुद विकास परिषदले अध्यक्षमा नियुक्त गरेको थियो ।