हेटाैंडा– नेकपा मकवानपुरका कार्यलय सदस्य एकलाल श्रेष्ठले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीले पार्टीको लेटरप्याडको दुरुपयोग गरि वक्तब्य निकालेको बताउनुभएकाे छ । जिल्लाको कार्यलय सदस्यलाई जानकारी नदिई गुटको भाषा स्पष्ट देखिनेगरि आएको वक्तब्य आधिकारिक नभएको उहाँको भनाई रहेको छ । पार्टीको केन्द्रीय कमिटिको कुनैपनि धारणा सार्वजनिक नभएकै अवस्थामा मकवानपुरमा भने गुटको खेल खेलिएको समेत उहाँले आरोप लगाउनुभयाे ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले पुस ५ गते सांसद विघटन गरेपछि मकवानपुरमा पनि त्यसको असर देखिएको छ । सोहि सन्दर्भमा हिजो नेकपा मकवानपुरको नाउँमा एक वक्तब्य जारी भएको थियो । बक्तब्यमा अध्यक्ष सिग्देल तथा सचिव पुलामीले हस्ताक्षर गरेका थिए । उहाँले आज नेकपा कार्यलयमा भएको भेला पनि गुटको भएको बताउनुभएकाे छ ।

खबरब्रेकबाट