मकवानपुर– मकवानपुरमा कोरोना भाईरस महामरीको रोकथाम तथा नियन्त्रणका लागि उच्च सर्तकता अपनाउनुका साथै सिमा नाकामा थप कडाइ गर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मंगलबार बसेको बैठकले छिमेकी जिल्लाहरुमा महमारीको प्रकोप बढ्दै गएपछि मकवानपुरमा उच्च सर्तकता/सावधानी अपनाउनुका साथै सिमा नाकामा थप कडाइ गर्ने निर्णय गरेकाे हो ।

छिमेकी जिल्लाहरूमा संक्रमण बढ्दै गए पछि जिससकाे सकृयतामा आकंमिक बैठक बसेर जिल्लामा काेराेना भाईरसको जोखिम हुन नदिन विभिन्न निर्णयहरु गरेको प्रमुख खुलालले जानकारी दिनुभयाे । बैठकले बाहिरी जिल्लाबाट हुने मानिसहरुको आवत जावत पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । बाहिरी जिल्लावाट हुने मानिसहरुको आवत जावत पुर्णरुपमा रोक लगाउने र संक्रमित जिल्लावाट कामदार तथा श्रमिकहरु नल्याउने साथै मालवाहक सवारी साधनहरुमा चालक र सहचालक वाहेक अन्य व्यक्तिहरु चढ्न नपाईने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्लाका सम्पुर्ण स्थानीय तहहरुले नागरिक निगरानी समुह गठन गरि संक्रमित जिल्लावाट आउन सक्ने व्यक्तिहरुको निगरानी गर्ने साथै हाल सालै वाहिरी जिल्लावाट (भारतवाट समेत) आएका व्यक्तिहरुको लगत संकलन गरि निगरानी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । संक्रमित जिल्लाहरुवाट तरकारी आयात नगर्ने निर्णय भएकोमा अव देखि तरकारी साथै फलफुल माछा मासु जन्य वस्तुहरु हाललाई आयातमा रोक लगाउने समेत निर्णय गरेको छ ।
त्यस्तै हेटौंडा–१० स्थित वसपार्कमा रहेको तरकारी वजार जेष्ठ १ गते भोलीवाट अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने तथा राजमार्ग लगायतको क्षेत्रमा सुरक्षा निकायले कडा निगरानी सहित आवतजावतमा रोक लगाउने तथा अन्य पैदल मार्ग हुँदै लुकीछिपि जिल्ला भित्र प्रवेश गर्नेहरुको हकमा हेटौंडा उपमहानगरपालिका सहित जिल्लाका अन्य सिमाहरुमा सम्बन्धीत वडा अध्यक्षहरुको नेतृत्वमा टोल विकास संस्था तथा अन्य संघ संस्थाहरुको समेत सहभागितामा कडा निगरानी गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकले छिमेकी जिल्लाहरुमा संक्रमण बढ्दै गएको हुनाले हालका लागि हेटौंडा वजार क्षेत्रमा खाद्यान्न, औषधी, विउविजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको छ । त्यस्तै ग्रिल तथा अन्य वर्कसपहरुको हकमा घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य संघको समन्वयमा कामदारहरुको लगत संकलन गरि स्वास्थ्य सुरक्षाको सवै उपायहरु पुरा भए पछि मात्र उपयुक्त देखिएमा संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले निर्णयका बारेमा सर्वसाधारणलाई जानकारी गराउन हेटौंडा उपमहानगरपालिका लगायत सवै स्थानीय तहले माईकीङ्गको व्यवस्थापन गर्ने साथै आ–आफ्नो स्थानवाट उपरोक्त निर्णय अनुसार मात्र कार्य गरि गराई कोभिड–१९ को माहामारी संग वच्न वचाउन सवैमा आग्रह गरेको छ । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, तीनवटै सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख, निजि क्षेत्र उद्योगसंघ÷उद्योग वाणिज्यसंघका अध्यक्षलगायत सरोकारवालाहरुको सहभागिता थियो ।