हेटाैंडा– नेकपा नेता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नुभएको कदम स्वभाविक भएको बताउनुभएको छ । साझासन्देशलाई प्रतिकृया दिनुहुँदै नेता खुलालले सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर नयाँ निर्वाचनमा जानु स्वाभाविक रहेको बताउनुभएको छ । उहाँले ढोकाभित्र थुनेर आक्रमण गर्न खोजेपछि प्रधानमन्त्री ओलीले वाध्यकारी ब्यवस्था लागु गर्नुभएको बताउनुभयो ।
नेता खुलालले देश र जनताको लागि प्रधानमन्त्रीले अवलम्बन गर्नुभएको कदम सहि र स्वागत योग्य रहेको बताउनुभएको छ । जनताले केपी ओली नेतृत्वलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिएको जनमतको बिरोधमा आफ्नै पार्टीका नेताहरुले देखाएको ब्यवहारले देशको हित नहुने देखेर प्रधानमन्त्रीले यस्तो निर्णय लिनुभएको र अव जनताबाट अनुमोदन भएर आफुलाई प्रमाणीत गर्न समेत उहाँले ति नेताहरुलाई अनुरोध गर्नुभएको छ । देश सम्बृद्धिको पथमा अघि बढेको अवस्थामामा तिनचार महिनापनि कुर्न नसक्ने अर्का अध्यक्ष प्रचण्ड तथा नेता माधव नेपालको दम्भ र सत्ता लोभले मुलुक दुर्घटनामा जाने देखिएपछि प्रधानमन्त्रीले लिएको कदम स्वागतयोग्य रहेको उनको भनाई रहेको छ ।