मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) को केन्द्रिय कमिटीमा मकवानपुरका पाँच जना मनोनित हुनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको आज बसेको केन्द्रीय कमिटीको बैठकले मकवानपुरका पाँच जनासहित ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो ।
आज घोषणा भएको केन्द्रिय कमिटीमा मकवानपुरबाट राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, र विद्यार्थी नेता महेश बर्तौला गरि पाँच जनालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको छ । यसअघि केन्द्रिय कमिटीमा रहनुभएका बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेल र रामेश्वर राना केन्द्रिय कमिटीमा कायमै रहनुभएको छ ।
अध्यक्ष ओलीले साबिक रहेका ४४१ केन्द्रीय कमिटी सदस्यमा आज ५५६ जना थप गर्नुभएको हो । यस्तै बाँकी २०२ सदस्य पछि थपिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । यस्तै केन्द्रीय कमिटी बैठकले २०७८ साल मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने पाट्री प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।