हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, कमलडाँडा नीवासी बरिष्ठ पत्रकार प्रताप विष्टका छोरा घोषणा विष्ट र सुजता कार्कीले आफ्नो विवाहको अवसरमा हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन् । बिवाहपछी पार्टीमा हुने फजुल खर्च नियन्त्रण गर्दै त्रिबेणीधाममा करीब १२ लाख बराबरको बुद्धको मुर्ति स्थापना गरेका हुन् ।
पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भइरहेको त्रिवेणी धाममा उनीहरुले ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति स्थापना गरेका हुन् । मूर्तिको िबहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँ अनावरण गर्नुभयो ।
सामाजसेवी तथा बुद्धिजीवी देव श्रेष्ठले फजुल खर्च गरी विवाह गर्ने परम्परा बढिरहेको समयमा यस जोडीले उदाहरणीय काम गरेको बताउनुभयो । ‘यस्ता कार्यले समाजको नेतृत्वकर्तालाई थप जिम्मेवार बन्न प्रेरणा दिन्छ ।’, उहाँले मूर्ति अनावरण समारोह भन्नुभयो ।
घोषणा अग्रज सञ्चारकर्मी प्रताप विष्टका कान्छा छोरा हुन् । विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गर्नुभएको थियो । ।











