हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार बायोमेडिकल वर्कसप उद्घाटन गरिएको छ । हेटौंडा स्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बिहिबार प्रदेशका अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत गर्न मिल्ने गरि वर्कसप उद्धघाटन गरिएको हो ।
निग साइमन इन्स्टिच्युटको सहयोग रहेको वर्कसपको व्यवस्थापन केन्द्रले गर्नेछ । वर्कसपको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सरकारी अस्पतालमा भएका ल्याबका उपकरणहरू धेरै छिटो बिग्रने समस्या रहेको बताउनु हुँदै यो वर्कसपबाट अब बिग्रिएका उपकरणहरू मर्मत गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले प्रदेशका अस्पतालहरूमा स्तरोन्नति गरिएकाले यसका लागि भएका सामानको मर्मत गर्दै प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । आपूर्ति व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा बिभागका निर्देशक श्रबण कुमार थापा, निग साइमन इन्सिच्युटका निर्देशक अर्चना अमात्य, स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक दिपक तिवारी लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।