हेटाैंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरकाे आयाेजनामा बागमती प्रदेश प्रहरी प्रमुखकाे स्वागत,परिचयात्मक, शान्ति सुरक्षा सम्बन्धि छलफल एवम् प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ । केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएकाे कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णु कुमार के.सी.काे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि केसीले शान्ति सुरक्षा लगाएत समाज परिवर्तनमा प्रहरी मात्रको एकल प्रयासले सम्भव नहुने भएकाेले नागरिकको सहभागीता अपरिहार्य भएकाे बताउदै सामुदायिक सेवा केन्द्र मकवानपुरले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्नुभयाे । यस् केन्द्रलाई आफ्नो तर्फबाट प्रदेश प्रहरी कार्यालयबाट हुने कुनै पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियो । उक्त अवसरमा अध्यक्ष बिष्टले केन्द्रले गरेका गतिविधि र आगामी चुनौतीका विषयमा चर्चा गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक केसीलाई मार्ग निर्देशन गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा समुदाय प्रहरी साझेदारीका जिल्ला सह-संयाेजक एवम् जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी १४ नम्बर गणका प्रनाउ सुबास केसी, जिसस मकवानपुर पुर्व प्रमुख तथा मानार्थ सदस्य रघुनाथ खुलाल, सिताराम बर्तौला, प्रकाश पौडेल, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि, केन्द्रका पदाधिकारी एवम् सदस्यहरू, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ,शिक्षक, बिधार्थीहरूकाे उपस्थिति रहेको थियो । साे अवसरमा विविध सांस्कृतिक कार्यक्रममा भाग लिने संचारकर्मी, खेलाडी ,स्काउट, विधालय तथा संघ संस्थाका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।