मकवानपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् मकवानपुर ईन्चार्ज देवी ज्ञवालीले जनतासंग जोडिएर काम गर्न निर्देशन दिनुभएको छ । सोमबार एमाले हेटौंडा ९ नम्बर वडाकमिटीको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले जनसरोकारको मुद्वा पार्टीको मुद्वा बनाएर जनतासंग जोडिएर काम गर्न निर्देशन दिनुभयो ।

जनताको हरेक समस्यासंग साक्षत्कार हुँदै पार्टीलाई व्यापक बनाउन सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो । उहाँले देशको समृद्धि र विकासका लागि एमालेको विकप्ल नरहेको भन्दै हरेक नागरिकलाई एमालेका बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले पार्टीले लिएको मिसन ८४, मिसन ५१ प्रतिशत लक्ष्यलाई पुरा गर्ने गरि काम गर्नुपर्ने समेत बताउनुभयो । उहाँले पार्टीको बिचारलाई जनता माझ पु¥याउने र घर पर्क अभियानलाई व्यापक बनाउन समेत निर्देशन दिनुभयो ।

बैठकमा पार्टी बागमती प्रदेश कमिटी सदस्य एवम् अभियानको ९ नम्बर वडा ईन्चार्ज रघुनाथ खुलालले पार्टीले लिएको लक्ष्य पुरा गर्ने तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले व्यवस्थित कार्ययोजनाका साथ काम अगाडी बढाउनु पर्ने धारणा राख्नुभयो ।
९ नम्बर वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई व्यवस्थित गर्दै संगठन बिस्तार गर्ने कार्ययोजना पारित गरेको छ । बैठकमा प्रदेश कमिटी सदस्य अनन्त पौडेल, रामचन्द्र अर्याल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठलगायत जिल्ला कमिटी, नगरकमिटी र वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिती थियो ।