काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरू नियुक्त गर्नु भएको छ । मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गर्नु भएको हो ।
प्रदेश नं. १ को प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेशको प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आजै तीन जना प्रदेश प्रमुखहरूलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गर्नु भएको थियो ।