आज देशभर थप १ हजार ७९ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार ९६ दशमलव १ प्रतिशत सक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै आज ४ सय ४८ पुरुष र २ सय ९४ महिला सहित ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । हाल देशभर रहेका ७ हजार ९ सय ७६ सक्रिय संक्रमितमध्ये ४ हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण देखिएका २ सय ७९ जनाको भेण्टिलेटरमा ५७ जनाको आइ।सी।यू मा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज ७ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।