मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाल सम्मनित हुनु भएको छ । उद्योग संघ मकवानपुरको २०औं साधारण सभाका अवसरमा संघले दोसल्ला र सम्मानपत्रद्धारा प्रमुख खुलाललाई सम्मान गरेको हो ।

विश्वव्यापी कोरोना भाइरसको महामारीको कारण मुलुक लकडाउन एवम् निषेधाज्ञाको स्थितीमा बन्द उद्योग व्यवसाय सञ्चालन एवम् उद्योगमा कार्यरत कर्मचारीहरुलाई खोप उपलब्धताको लागि विशेष पहलकदमी गरी उद्योग संचालनमा अतुलनिय योगदान पु¥याउनु भएको भन्दै संघले सम्मान गरेको हो । उहाँलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दोसल्ला ओढाएर कदरपत्रद्धारा सम्मान गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा संघले प्रमुख खुलालससहित ६ जनालाई सम्मान गरेको थियो । संघले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, महिला उद्यमी विद्या गिरी, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेल, संघका सदस्य बजरंग सिंह तमोर र पत्रकार बालकृष्ण अधिकारीलाई सम्मान गरेको हो । संघका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको कार्याक्रममा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य ईन्दबहादुर बानियाँलगायतको आतिथ्यता रहेको थियो ।