मकवानपुर – नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा स्थित लखन बाटिका स्मृतिको प्रांगणमा थापाको शालिक निर्माण गर्न लागिएको हो ।
शालिकको मंगलबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा मेयर महतले लखन थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनु पर्ने बताउनुभएको छ । थापाको १४५ औं स्मृति दिवसका अवसर पारेर शालिकको शिलान्यास गरिएको हो । लखन थाको १४५औं स्मृति दिवशसोमबार मनाईएको थियो । कार्यक्रम लखन थापा नगर स्मृति बाटिका मकवानपुरका अध्यक्ष विश्व कुुमार आलेको अध्यक्षतामा भएको हो ।