हेटाैंडा ३, पुष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु भएकाे छ । ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले ह्याटिक गर्नु भएकाे हाे ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत ल्याउनु भएकाे छ । यसैगरी पोखरेलले ५६४ मत प्राप्त गर्नुभयाे । ओली दुई तिहाई मत ल्याएर विजयी हुनु भएकाे हाे । नवौं र दशौं महाधिवेशनमा पनि अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनु भएकाे थियाे ।
यसैगरी महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी हुनु भएकाे छ । अन्तिम मतपरिणाम अनुसार पोखरेलले १२२८ मत प्राप्त गरी विजयी हुनु भएकाे हाे । उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभयाे । उपाध्यक्ष र उपमहासचिवमा पोखरेल प्यानलमा गोकर्ण विष्ट र योगेश भट्टराई विजयी हुनु भएकाे छ ।
उपाध्यक्षमा एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुनु भएकाे छ । उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभयाे । एमालेको सचिव पदमा केपी शर्मा ओलीको प्यानलका ९ जना नै विजयी हुनु भएको छ । सचिवमा महेश बस्नेतले सर्वाधिक मत ल्याउनु भएकाे छ । यस्तै दोस्रोमा पद्माकुमारी अर्याल, तेस्रोमा छविलाल विश्वकर्मा, चौथोमा शेरधन राई, पाँचौँमा हिक्मतकुमार कार्की, छटौँमा खगराज अधिकारी, सातौँमा यामलाल कँडेल, आठौँमा राजन भट्टराई र नौमा भानुभक्त ढकाल रहनु भएकाे छ ।
हेर्नुहोस् अन्तिम मत परिणाम
अध्यक्ष
- केपी शर्मा ओली : १६६३ (विजयी)
- ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५) - पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
- विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
- रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
- गोकर्ण राज विष्ट : १३६८ (विजयी)
- रघुजी पन्त : १२५८(विजयी)
अन्य उम्मेदवार: - रघुजी पन्त : १२५८
- बिन्दा पाण्डे : ९२१
- परशुराम मेघी गुरुङ : ४६१
- अरुण नेपाल : ४३९
- टंक प्रसाद कार्की : ३५८
- भीमप्रसाद आचार्य : २६५
महासचिव (१) - शंकर पोखरेल : १२२८ (विजयी)
- सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३) - लेखराज भट्ट : १४५२ (विजयी)
- रघुवीर महासेठ : १३६८ (विजयी)
- योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार: - विष्णु प्रसाद रिमाल : १०९१
- आनन्द प्रसाद पोखरेल : ६३५
- वैजनाथ चौधरी : ५१७
- राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९) - महेश बस्नेत : १५४४ (विजयी)
- पद्मा कुमारी अर्याल : १५३० (विजयी)
- छविलाल विश्वकर्मा : १५०६ (विजयी)
- शेरधन राई : १५०३ (विजयी)
- खगराज अधिकारी : १२३१ (विजयी)
- हिक्मत कुमार कार्की : १३३७ (विजयी)
- यमलाल कँडेल : ११८५ (विजयी)
- राजन भट्टराई : ११८१ (विजयी)
- भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार: - गोकुल प्रसाद बास्कोटा : १०३०
- ठाकुर प्रसाद गैरे : ८८३
- रचना खड्का : ८७७
- कर्णबहादुर थापा : ८४७
- अग्नि प्रसाद खरेल : ७१६
- विनोद प्रसाद ढकाल : ६८४
- कृष्ण गोपाल श्रेष्ठ : ६२५
- पेम्बा लामा : ४९३
- लाल बाबु पण्डित : ४९६
- इन्द्रलाल साप्कोटा : ४०५
- पुरुषोत्तम पौडेल : ४६२











