नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएकाे छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराउनुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुनुहुन्थ्यो । संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको थियो ।  यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।