हेटाैंडा,३ पुष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्राे पटक विजयी हुनुभएकाे छ । ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले ह्याटिक गर्नु भएकाे हाे ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याउनु भएकाे छ । यसैगरी पोखरेलले ५६४ मत प्राप्त गर्नुभयाे । ओली दुई तिहाई मत ल्याएर विजयी हुनु भएकाे हाे । नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनु भएकाे थियाे । बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नु भएकाे थियाे । मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित हुनु भएकाे थियाे ।