हेटौँडा: हेटाैंडामा जारी दाेस्राे संसकरणकाे बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाडौं र दोलखा भिड्ने भएको छ । बिहीबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा ललितपुरलाई पराजित गर्दै काठमाडौंले दाेलखासंगकाे भिडन्त पक्का गरेकाे हाे ।

दाेस्राे सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । काठमाडौंको तर्फबाट पहिलो हाफको ३ मिनेटमा यमन महर्जनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा ललितपुरका तर्फबाट रामकृष्ण चौधरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी पु¥याएका थिए ।
खेलको ४८ औं मिनेटमा काठमाडौंका महर्जनले पुनः गोल गर्दै टिमलाई २–१ को अवस्थामा उभ्याएका थिए । दोस्रो हाफको सुरुवातमा पछि परेको ललितपुर सो पश्चात खेलमा फर्कन सकेन । खेलको ६६ औं मिनेटमा काठमाडौंका तर्फबाट सुजित बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर गरे । सो पश्चात ललितपुरले खेलमा पुनरागमन गर्न नसकेपछि हार व्यहोर्न बाध्य भएको हो । म्यान अफ द म्याच काठमाडौंका महर्जन घोषित हुँदै ३ हजार रुपैयाँको नगदसहित ट्रफी प्राप्त गरे ।
यसअघि बुधबार सम्पन्न सेमिफाइनल खेलमा सिन्धुलीलाई हराउँदै दोलखाले फाइनलमा स्थान पक्का गरेको थियो । प्रदेशका १३ जिल्ला मध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । पुस २० शनिबार हुने फाइनल खेल हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दिउँसाे २ बजे बाट हुनेछ ।