सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरकाे कैलाशमा चेपाङको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएकाे छ । कैलाश गाउँपालिका–७ सर्सीटोलका फुलबहादुर चेपाङको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको हाे ।
बुधबार दिउँसो ३ बजे आगलागि हुँदा घरमा भएको खाद्यान्न र लत्ताकपडा समेत सबै जलेको वडा नम्वर ७ का वडाध्यक्ष उदाश कुमार भ्लोनले जानकारी दिनुभयो । बाटो र पानीको सहज स्रोत नभएको कारण आगो नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो । जंगलको डढेलोबाट उडेर आएको झिल्कोका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागिबाट अनुमानित ७ लाख रुपैंया बराबरको क्षती भएको हुनसक्ने वडाध्यक्ष भ्लोनले जानकारी दिनुभयो । पीडित चेपाङको परिवारलाई गाउँपालिकाको तर्फबाट तत्काल लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा र त्रिपाल उपलब्ध गराइने उहाँले बताउनुभयो ।